बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टाेकियाे – जापानमा कोरोना भाइरसको खतराबारे जनचेतना जगाउने उद्देश्यका साथ हालै एउटा ५७ मिटर अग्लो विशाल मूर्तिमा मास्क लगाइएको छ । बीबीसीका अनुसार जापानको दयाकी देवीको नामले प्रचलित कान्नोनको विशाल मूर्तिको अनुहारमा मास्क लगाइएको हो ।

उक्त मन्दिरका व्यवस्थापकहरूका अनुसार कोभिड-१९ महामारी साम्य नभएसम्म मूर्तिबाट मास्क हटाइने छैन । सो मूर्ति फुकुसिमाको होउकुजी आइजु बेतुइन मन्दिरमा ३३ वर्ष अगाडि निर्माण गरिएको हो । चार मानिसले सो मास्क डोरीको सहारामा माथि गएर मूर्तिलाई पहिराइदिएका हुन् ।

कोरोना भाइरबाट बच्न विश्वभर सबैले मास्क लगाउँछन्। डब्लूएचओले मास्क लगाएमा कोरोनाबाट अधिकतम समय बच्न सकिने बताएको छ । जसका कारण यतिबेला मास्क लगाउनै पर्ने बाध्यता छ ।

भिडिओ :-

तपाईको प्रतिक्रिया