शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं – प्रेम र समर्पणलाई चित्रण गरिएको गीत ‘तिम्रो मुहारमा…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रमोद भट्टराई प्रतीकको शब्दरचना, कृति न्यौपानेको संगीत रहेको गीतमा प्रवीण बेडवालले आवाज भरेका छन् । भिडियोमा नायक श्रीदेव भट्टराई र मोडल नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।

ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतको भिडियोमा विमला तामाङको सौन्दर्यविन्यास, अजय रेग्मीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । प्रमोद भट्टराई प्रतीकद्वारा निर्माण भएको यस गीतको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया