शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले तटीय क्षेत्रमा ठूलाे क्षति पुर्‍याएको छ । अविरल वर्षाले गर्दा ठूलो बाढी आउँदा मेलम्ची बजारलगायत धेरै बस्तीमा ठूलाे क्षति पुर्‍याएको हाे ।प्रहरीका अनुसार बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।ठाउँ-ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन् तर एकिन विवरण प्राप्त भइसकेको छैन । ‘बिभिन्न ठाउँका पुल र सडक बगेपछि अहिले यातायात सम्पर्क विच्छेद छ,’ डिएसपी सापकोटाले भने, ‘खानेपानी र विद्युत सेवा अवरुद्ध भएको छ ।’ मेलम्ची नजिकै रहेको हेलम्बुमा सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प पनि बाढीले बगाएको जनाएको छ ।अहिले घटनास्थलमा सभामुख अग्निप्रसाद सापकोटा पुगेका छन् । उनले बाढीपहिरोबाट भएको क्षति अवलोकन र राहत तथा उद्धारका लागि पहल गरिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया