शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौं – क्रनिक किड्नी डिजिज र डायबिटिज हुँदा आँखाको ज्योतिमा सीधा असर पर्न जान्छ । तर, धेरैजसो मानिसले डायबिटिज हुँदा मात्र यस्तो हुने भ्रम पालिराखेका छन् । आँखाको ज्योति कम हुने यो पहिलो लक्षण हो । नयाँ दिल्लीस्थित पारस अस्पतालका चिफ नेफ्रोलोजिस्ट डा. पिएन गुप्ताका अनुसार मिर्गौला र आँखाको समस्याको कनेक्सन र पहिचानका आधार यस्ता रहेका छन् । मिर्गौला फेल हुनाले बिरामीको आँखाको ज्योति धमिलो हुन जान्छ ।

यसबारेमा बिरामीले डाक्टरलाई जानकारी गराउनुपर्छ र आवश्यकताअनुसार औषधि र चस्मा पनि प्रयोग गर्नुपर्छ । यदि सही समयमा मिर्गौलाको उपचार नगराएको अवस्थामा आँखाको ज्योति सधैंका लागि गुमाउनुपर्ने पनि हुन सक्छ । तर, मिर्गौलाका बिरामीलाई अन्तिम समयमा मात्र थाहा हुन्छ । तर पनि यस्तो स्थिति आउनुअगावै आफ्नो मिर्गौला र आँखाको सुरक्षा गर्नु उचित हुन्छ । मिर्गौलाको समस्या एकै दिनमा मात्रै हुँदैन । वर्षौैंदेखिको गलत जीवनशैली र खानपानको परिमाण हो यो । लक्षण देखिनुपूर्व नै खानपानमा ध्यान पुर्याउनु जरुरी छ ।

मिर्गौला खराबीका लक्षण

मिर्गौलामा समस्या आउनुको लक्षण थकान हो । खानपानमा ध्यान दिँदाका बाबजुद पनि यो समस्या देखिन सक्छ । मिर्गौलाले सही तरिकाले काम नगरेको खण्डमा रगतमा अनगिन्ती टक्सिस जम्मा हुन्छ । यसकारण भित्रबाट आराम महसुस हुँदैन र जुनसुकै बेला पनि थकान महसुुस हुन्छ । अत्यधिक थकान महसुुस हुँदाहुँदै पनि निद्रामा समस्या छ भने मिर्गौलामा समस्या भएको हुन सक्छ । सिस्टममा भएको टक्सिसले मिर्गौलाको फिल्टर गर्ने क्षमतालाई प्रभावित गरिदिन्छ ।

युरिनको माध्यमबाट टक्सिन शरीरबाहिर ननिस्किएसम्म निद्रामा समस्या हुन सक्छ । मिर्गौलाले युरिन प्रक्रियालाई रेगुलेट गरेको हुन्छ । यदि यस्ता केही समस्या छ भने युरिनमा पनि समस्या हुन सक्छ । जस्तै– बारम्बार पिसाब लागिरहनु । रङ र गन्धमा परिवर्तन आउनुका साथै फिँजजस्तो देखिनुजस्ता समस्या हुन सक्छन् । यस्तो लक्षण देखिए तुरुन्त डाक्टरसँग परामर्श लिनुपर्छ । शरीरमा खनिजको मात्रा सही बनाउन मिर्गौलाको महत्वपूर्ण भूमिका हुन्छ । यदि मिर्गौलामा कुनै समस्या छ भने यो प्रक्रियामा अस्वाभाविक प्रभाव पर्न जान्छ र आँखा वा पूरै शरीर चिलाउने हुन्छ । एलर्जी वा कुनै संक्रमणको कारण मात्र साधारणतया आँखा रातो हुने हुन्छ ।

तर, मिर्गौलामा कुनै समस्या छ भने अनायासै आँखा रातो हुने र असामान्य रूपमा हल्का दुखाइ महसुस हुने हुन्छ । यो प्रक्रिया समयसँग बढ्दै जाने हुन्छ । आँखा जति मिच्यो उति सुक्खा हुन्छ । सुक्खा आँखाको कारण कुनै पनि वस्तु ठीकसँग देख्न सकिँदैन । मिर्गौलाको समस्या रहिरहँदा आँखामा धेरै मात्रामा क्याल्सियम र फस्फोरस जम्मा हुन थाल्छ । यस्तो अवस्थामा आँखा आवश्यकभन्दा ज्यादा सुक्खा हुन्छ र यसमा विपरीत असर पर्न जान्छ । बारम्बार आँखामा घाउ हुनुको अर्को कारण मिर्गौलाको खराबी हुन सक्छ । घाउको कारण आँखा रातो हुने र चिलाउने हुन सक्छ । यसको कारण आँखाको कर्निया अथवा बाहिरबाट हेर्दा देखिने सेतो भागलाई समेत असर गर्न सक्छ ।

सुरक्षाका उपाय

यसको बच्ने उपाय भनेको खानपान वा जीवनशैली व्यवस्थापन हो । यसको अलावा तौल नियन्त्रण गर्नु र बिपी कन्ट्रोल गर्नु नै बच्ने उपाय हो ।

तपाईको प्रतिक्रिया