शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २४०७ जना नयाँ संक्रमित थपिएका छन् । पिसिआर विधिबाट गरिएको परीक्षणमा १६९४ र एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले आइतबारको  प्रेस ब्रिफ्रिङमा जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण ७ हजार ५१७ र एन्टिजेन परीक्षण ४८८९ गरी १२ हजार ४०६  परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३९९४ जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् ।

हाल देशभर ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेको प्रवक्ता पौडेलले जानकारी दिएका छन् । यस मध्ये होम आइसोलेसनमा ६४ हजार ७४४ र संस्थागत आइसोलेसनमा ५ हजार २११ जना छन् । २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ जना रहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया