बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३७५० जना नयाँ संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा २७०९ र एन्टिजेनमा १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी ९ हजार ५९८ पिसिआर परीक्षण गरिएको छ । ५५८४ एन्टिजेन परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ६ लाख ४ हजार ३९६ जना पुगेको छ ।

अहिलेसम्म एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा ५२२५ जना कोरोनामुक्त भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ७५ हजार २७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६७ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ८३०५ पुगेको छ ।

तपाईको प्रतिक्रिया