पोखरामा पक्राउ परेका गणेश लामा रिहा

काठमाडौं – गुण्डा नाइकेको रुपमा परिचय बनाएका काभ्रेका कांग्रेस नेता गणेश लामा रिहा भएका छन् ।  बिहीबार साँझ पोखरामा पक्राउ परेका लामा केहीबेर अघि रिहा भएका काभ्रेका कांग्रेस कार्यकर्ता कृष्णबहादुर घिसिङले जानकारी दिएका छन् ।

उनलाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै बिहीबार प्रहरीले पक्राउ गरेको थियो । उनको रिहाइको माग गर्दै शुक्रबार दिउँसो काभ्रे जिल्लाको बनेपामा कांग्रेस कार्यकर्ताहरूले प्रदर्शन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित