पोखरीमा डुबेर एकै गाउँका पाँच बालिकाको ज्यान गयो

काठमाडौं -धनुषाको मुखियापट्टी मुसहरनिया-६ मा पाँच बालिकाको पोखरीमा डुबेर ज्यान गएको छ । जिल्लाको दक्षिणी भेग नेपाल-भारतको सीमानामा पर्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ स्थित एकै गाउँका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो ।

स्थायनीय हुलास यादवको खेतमा खनिएको करिब नौ फिट गहिरो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ ।

मृत्यु भएकाहरुको उमेर १० देखि १२ बर्ष रहेको छ र उनीहरुको नाम खुलेको छैन । गाउँका पाँच बालिकाको एकैपल्ट ज्यान गएपछि गाउँमा शोक छाएको छ ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित