तुल्सीपुरमा गोली चल्यो

काठमाडौं – दाङको तुल्सीपुरमा कूलोको विषयमा विवाद हुँदा एक युवकले गोली चलाएका छन् । गाेली चलाएकाे आरोपमा तुल्सीपुर उपमहानगर-८ का पूर्णबहादुर वली पक्राउ परेका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिएका छन् ।

प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउण्ड गोली पनि बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन । उनले कसलाई गोली हान्न खोजेका हुन् भन्ने नखुलेको र अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित