शताब्दी पुरुष सत्यमोहन जोशी बिरामी, अहिले कस्तो छ स्वास्थ्य ?

काठमाडौं – वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीको किस्ट अस्पतालमा उपचार भइरहेको छ । छाती दुखेपछि जेठ २६ गते उनलाई अस्पताल लगिएको थियो ।

हाल उनको स्वास्थ्य अवस्था सुधार भइरहेको अस्पतालले जनाएको छ । जोशीको स्वास्थ्यमा उलेख्य सुधार भएको र स्वासप्रश्वास र रक्तचाप सबै सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्य अवस्थामा अहिले जसरी सुधार भइरहे उनलाई केहीदिनमा नै घर पठाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित