ओलीको ६ बुँदे एकता प्रस्ताव होइन, राजाको फरमान जस्तो : झलनाथ खनाल

काठमाडौं – वरिष्ठ नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे एकता प्रस्ताव नभई राजाको फरमान जस्तो भएको बताएका छन् ।

अनेरास्ववियूले गरेको भर्चुअल अन्तरक्रियामा नेता खनालले पार्टी एकताको असल मनसायले प्रस्ताव नआएको बताएका छन् । ओलीकै कारण मुलुक र कम्युनिष्ट आन्दोलन संकटमा परेको समेत उनले बताएका छन् ।

‘वामपन्थी र लोकतान्त्रिक सहकार्य तोडेर दक्षिणपन्थी बाटोमा केपी ओली हिंडेका छन्’, नेता खनालले भने । यो विदेशीको गोटीका रुपमा सरकार बनेको नेता खनालले बताए ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित