द्वन्द्वमात्रै होइन, राजनीतिमा मेलमिलाप पनि हुन्छ : मुख्यमन्त्री गुरुङ

काठमाडौं  – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागेका छन् । आज बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्री गुरुङले आफूलाई विश्वासको मत दिएमा प्रदेशलाई एकताबद्ध बनाएर अघि बढ्ने भन्दै विश्वासको मत दिन आग्रह गरे । मत माग्दै मुख्यमन्त्री गुरुङले भने- ‘हालसम्म प्रदेशले प्राप्त गरेको उपलब्धी सुरक्षित गर्दै समृद्ध प्रदेशको महान अभियानका लागि मलाई विश्वासको मत दिनुस्, म सबैलाई एकताबद्ध बनाउँछु । राजनीतिमा द्वन्द्वको विषय मात्र नभई मेलमिलाप र एताको विषय पनि हुन्छ ।’

योसँगै मुख्यमन्त्री गुरुङले आफूले विश्वासको मत नपाए संविधानअनुसार अघि बढ्ने बताए ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित