इजरायलले प्रहार गरेको मिसाइल विफल पारेको सिरियाको दाबी

काठमाडौं – इजरायलले जुन ८ मा लडाकू विमानद्वारा प्रहार गरेको मिसाइल विफल पारिदिएको सिरियाली सरकारी मिडियाको दाबी छ ।

तर सिरियामा जारी संघर्षलाई नजिकबाट हेरिरहेको एक संगठनले भने उक्त मिसाइल हमलाबाट थुप्रै मानिसको ज्यान गएको बताएको छ ।

सिरियाली मानवअधिकार संगठनले सिरियाको शैन्य क्षेत्रमा मिसाइल हमला भएको उल्लेख गरेको छ । संगठनका अनुसार हमलामा थुप्रै मानिस मरेको र हतियार डिपोसमेत नष्ट भएको छ ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित