बिहारमा हट्यो लकडाउन, निजी र सरकारी कार्यालय खुले

काठमाडौं – नेपालसँग सिमाना जोडिएको बिहारमा कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन हटाउने घोषणा गरिएको छ। तर त्यहाँ रात्रि कर्फ्यू जारी रहनेछ । मुख्यमन्त्री नितिश कुमारले कोरोनाको घट्दो संक्रमण दर देखेर यो निर्णय लिएको बताएका छन् ।

बिहार सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि पाँच मे यता लकडाउन गरेको थियो । ‘लकडाउनबाट कोरोना भाइरस संक्रमणमा कमी आएको छ । अतः लकडाउन समाप्त गरिएको छ’, मुख्यमन्त्री नितिशकुमारले भनेका छन्, ‘तर राति सात बजेदेखि बिहान पाँच बजेसम्म रात्रि कर्फ्यू जारी रहनेछ । ५० प्रतिशत उपस्थितिसहित सरकारी र निजी कार्यालय साँझसम्म खुल्नेछन् । दोकान पनि साँझ ५ बजेसम्म खुल्नेछन् ।

उनले अनलाइन शिक्षण कार्य जारी रहने बताएका छन् । अब निजी सवारीसाधन सञ्चालनमा आउनेछ न्। यो व्यवस्था अघिल्लो एक सातासम्म रहनेछ । तर उनले अझै पनि भिडबाट जोगिन बिहारबासीलाई भनेका छन् ।

बिहारमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि पहिलो पटक ४ मेदेखि १५ मेसम्म लकडाउन गर्ने निर्णय लिइएको थियो । तर संक्रमण बढ्दै गएपछि पहिलो पटक २५ मेसम्म लकडाउन थपियो । त्यसपछि फेरि ३१ मेसम्म थपिएको थियो । अन्तिममा लकडाउन ८ जुनसम्म थपियो ।

बिहारमा कोरोना भाइरस संक्रमणका कारण सोमवार ४३ जनाको ज्यान गयो । अहिलेसम्म त्यहाँ ५४ सय २४ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा अहिले पनि ८२ सय ३० जना कोरोना संक्रमित उपचाररत छन् । अहिलेसम्म त्यहाँ जम्मा ७ लाख १३ हजार ८७९ जना संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित