के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो ?

काठमाडौं – चितवनमा सविता भण्डारीको एक महिनाअघि शंकास्पद् मृत्यु भयो । ससुराको यौन उत्पिडन र हत्याको आरोप सविताको माइती पक्षको छ ।

मृत्युपछि उनका संवेदनशील भिडियोहरू युट्युव र टीकटकमा भाइरल भइरहेका छन् । उनको पक्षमा ह्यासट्याग ‘जस्टिस फर सबिता भण्डारी’ ट्रेन्डिङमा छ । गत शनिबार मात्रै एक राउटे युवती बलात्कृत भइन् । यस घटना पनि युट्युबदेखि टिकटकमा चर्चाको विषय बनेको छ ।

अभिनेत्री वर्षा शिवाकोटीले यी कारुणिक घटनाहरुलाई युट्युबरले मसला बनाएर चर्तिकला देखाइरहेको बताएकी छिन् । उनले सरकारलाई प्रश्न गरेकी छन्- के यो देशमा साँच्चै न्याय मरिसकेको हो ?

फेसबुक स्टाटसमार्फत् उनले राज्यको न्याय प्रशासनभन्दा युट्यूबरहरूको ‘अपरेसन’ प्रभावकारी हुनु भनेको न्याय मर्नु समान भएको टिप्पणी गरेकी छिन् । ‘अझ रमाइलोका लागि टिकटकमा लिपसिंकको होडबाजी छ । घटना संवेदनशील छन्, त्यसैले मेरो विनम्र अनुरोध छ, यस्ता घटनालाई मजाकको विषय नबनाऔं,’ उनले लेखेकी छिन् ।

साथै सबैलाई मिलेर राज्यलाई दबाब दिन समेत उनले आग्रह गरेकी छिन् । यस्ता युट्युब र टिकटकमा राखिएका भिडियोले सम्बन्धित परिवारलाई निकै पिडा हुने समेत उनको तर्क छ ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित