जापानमा विवाह गर्ने घटे, गत वर्ष १२.३ प्रतिशत कम विवाह

टोकियो – तिब्र रुपमा आर्थिक विकास गरिरहेको जापानमा विवाह दर भने घट्दो रुपमा रहेको तथ्यांकले देखाएको छ । सिएनएनले सार्वजनिक गरेको विवरणमा गत वर्ष विवाह दरमा कमी भएको हो ।

सन् २०२० मा अघिल्लो वर्षको तुलनामा १२.३ प्रतिशत कम विवाह दर्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । जापानमा सन् २०२० मा पाँच लाख २५ हजार ४९० ओटा विवाद दर्ता भएको छ । विश्वभर नै थोरै विवाह र जन्मदर भएका देशमध्ये जापान पनि एक हो ।

यो पनि : जापानमा जन्मदर घट्यो, गत वर्ष हालसम्मकै कम जन्म 

२०१८ को जनगणना अनुसार जापानको कुल जनसङ्ख्या १२ करोड ४० लाख छ । तिब्र आर्थिक विकाससँगै जापानका शहरी क्षेत्रको व्यस्त जीवनशैलीले गर्दा पछिल्लो समय यहाँ सम्बन्ध विच्छेदका घटना बढ्नुका साथै परिवारको संरचनामा पनि परिवर्तन आउन थालेको बताइन्छ ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित