शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानमा जन्मदरमा कमी आएको देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२० मा ८ लाख ४० हजार ८३२ बालबालिकाको जन्म भएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा २.८ प्रतिशत कम हो ।

गत वर्षको जन्मदर जन्मदर्ता सुरु गरेको वर्ष सन् १८९९ देखि कै सवैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् । जापानमा लामो समयदेखि निरन्तर जनसङ्ख्या घट्दै जाने समस्या रहेको छ । यसले मुलुकको जनसाङ्खीक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ ।

स्वदेशी जनसङ्ख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिएनएनले सार्वजनिक गरेको विवरणमा गत वर्ष विवाह दरमा पनि कमी भएको छ । सन् २०२० मा अघिल्लो बर्षको तुलनामा १२.३ प्रतिशत कम विवाह दर्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

जापानमा सन् २०२० मा ५ लाख २५ हजार ४९० ओटा विवाद दर्ता भएको छ । जापानको अहिलेको विवाह र जन्मदर विश्वकै थोरै मध्येमा पर्ने जनाइएको छ । सन् २०१८ मा गरिएको जनगणना अनुसार जापानको कुल जनसङ्ख्या १२ करोड ४० लाख रहेको छ ।

तपाईको प्रतिक्रिया