बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – जापानले नेपाललाई १ सय ६० थान अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । जापान सरकारका तर्फबाट जापानिजएडले बिहीबार नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न प्रयोग हुने विभिन्न स्वास्थ्यसामग्री हस्तान्तरण गरेको हो ।स्वास्थ्यसामग्रीमा १ सय ६० थान अक्सिजन कन्सन्ट्रेटर, २५ थान ब्लड ग्यास एनालाइजर, २५ थान अल्ट्रासाउण्ड प्राप्त भएको हो । परराष्ट्र मन्त्रालय​ले जापान सरकारबाट ६ वटा एम्बुलेन्स आउने अपेक्षा गरिएको जनाएको छ । मन्त्रालयले सहयोगका लागि जापान सरकारलाई धन्यवाद दिएको छ ।

तपाईको प्रतिक्रिया