सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाले आयोजना गरेको अनलाइन मौलिक लोकनृत्य प्रतियोगितामा सुर्खेतका शेखर घर्ती मगर विजयी भएकाछन् ।
सोमबार साँझ भर्च्युअल समारोहका बीच घोषणा भएको नतिजाअनुसार जिज्ञासा गिरी, चन्दिगढ द्वितीय भएकीछिन् भने ललिता छन्त्याल, बागलुङ तृतीय भएकीछिन् । निर्णायक मण्डलका संयोजक प्रकाश भट्टले घोषणा गर्नुभएको प्रतियोगिताको नतिजा अनुसार कृषा केसी नवलपरासी र सृष्टि अधिकारी नयाँदिल्लीले क्रमशः चौथो र पाँचौ स्थान हासिल गर्नुभएको छ । प्रतियोगिताका लागि निर्देशक भट्टको संयोजकत्वमा अरमान गुरुङ र अञ्जली अधिकारी सदस्य रहेको निर्णायक मण्डल गठन गरिएको थियो। विजयी प्रतियोगीहरुलाई नगद पुरस्कार, प्रमाणपत्रको ब्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ ।जापान शाखाका अध्यक्ष सूर्य खड्काको सभापतित्व र प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा भएको घोषणा समारोह राष्ट्रियगानबाट सुरु भएको थियो । समारोहमा जापान शाखाकी महिला उपाध्यक्ष सोना केसीको स्वागत मन्तब्य रहेको थियो भने जापान शाखाका प्रथम उपाध्यक्ष समेत रहनुभएका कार्यक्रम संयोजक पुरुषोत्तम सिग्देलले कार्यक्रमको औचित्यका बारेमा प्रकाश पार्नुभएको थियो । प्रतियोगितामा २२ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो ।

भर्च्युअल समारोहमा प्रतिष्ठानका केन्द्रीय सदस्य रामकृष्णबम मल्ल, जापान शाखाका सल्लाहकारहरु ऋषिराम कँडेल, तिलक मल्ल, ईश्वरी कंडेल, एनआरएन जापानका सदस्य रामकृष्ण श्रेष्ठ लगायतले कार्यक्रमका बारेमा बोल्नुभएको थियो भने निर्णायक मण्डलका संयोजक प्रकाश भट्ट र अरमान गुरुङले प्रतियोगीहरुको मुल्याङ्कन बिधीका बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बिजीले प्रतिकुल समयका बावजुद पनि जापान शाखाले प्रविधिको भरपुर उपयोग गर्दै यसप्रकारको कार्यक्रमको आयोजना गरेर नयाँ प्रयोग सुरु गरेको धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्तमा, सभाध्यक्ष खड्काले बिजयी प्रतियोगीहरुलाई बधाइ र सहभागी सबैमा धन्यबाद दिनुका साथै कार्यक्रम सफल बनाउन विभिन्न ढंगले सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभएको थियो । समारोहको सञ्चालन जापान शाखाका सचिव माधव सिग्देलले गर्नुभएको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कारका लागि शाखाका सल्लाहकार मनु थापाले प्रायोजन गर्नुभएको थियो भने दोस्रो र तेस्रो पुरस्कारका लागि क्रमश: जापान शाखाका सदस्य बिपिन खत्री र कोरिया शाखाले गरेका थिए । यसैगरी सान्त्वना तथा प्रोत्साहन पुरस्कारका लागि ईश्वरी कंडेल, महेश खड्का, टोपलाल तिवारी, केशव पौडेल, नवराज गौतम, नारायण कंडेल, छत्र दाहाल, रामकृष्ण श्रेष्ठ, ज्योति केसी लगायतले प्रायोजन गर्नुभएको थियो । ****

तपाईको प्रतिक्रिया