रहिनन् साहित्यकार वानीरा गिरि

काठमाडौं – वरिष्ठ साहित्यकार बानिरा गिरीको निधन भएको छ । उनकाे ७६ वर्षको उमेरमा आइतबार राति १० बजे निधन भएको हो ।

उनलाई २० दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । यद्दपि संक्रमण पुष्टि भए पनि मृत्यु भने हृदयघातका कारण भएको परिवारले बताएको छ ।हृदयघात भएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएकाे थियाे ।

उनी केही वर्षदेखि अल्जाइमरबाट ग्रसित थिइन् । उनी नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो नारी हुन् । उनले निर्बन्ध, कारागार र शब्दातीत शान्तनुजस्ता साहित्यिक कृति लेखेकी छिन् । कारागार उनकाे निकै प्रशिद्ध उपन्यास हाे ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित