बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाण्डाै – सन् १९९४ मा देहान्त भएका अमेरिकी रकस्टार कर्ट कोबेनको कपालका ६ वटा रौं १६ लाख रुपैयाँमा बिकेका छन् ।

गायक, गीतकार, गिटारिस्ट र निर्वाण ब्यान्डका प्रमुख सदस्य कोबेनले जम्मा २७ वर्षको उमेरमा आत्महत्या गरेका थिए ।

अहिले आएर लिलाम बढाबढ हुँदा उनको कपाल लाखौंमा बिकेको हो । ती रौंलाई एउटा प्लास्टिक कन्टेनरमा सुरक्षित राखिएको थियो ।

निर्वाण ब्यान्डको पहिलो एल्बम रिलीज भएको चार महिनापछि कोबेनले कपाल कटाएका थिए । उनको एल्बम सुपरहिट भएपछि उनीसँग जोडिएका हरेक कुरालाई ब्रान्डका रूपमा लिन थालियो ।

यसअघि कोबेनको गिटार पनि पोहोर साल लगभग ७१ करोड रुपैयाँमा लिलाम भएको थियो ।

तपाईको प्रतिक्रिया