शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब जनतालाई कोरोनाबाट मुक्त गर्न सरकारले ध्यान केन्द्रीत गर्ने बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार उपप्रधानमन्त्री पदमा पुनः पदभार ग्रहण गर्दै उनले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रीत हुने बताएका हुन् ।

‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरूको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रित हुन्छौं,’ उनले भने । सिसिएमसीका संयोजक समेत रहेका पोखरेलले सरकारको यो अभियानमा साथ दिन पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज पदभार ग्रहणपछि कोरोना संकटबाट जनतालाई मुक्त गर्न सरकार केन्द्रित हुने बताएका थिए । पोखरेलले पनि त्यही कुरा उल्लेख गर्दै यो अभियानमा साथ दिन सम्पूर्ण नेपालीलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया