शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

सरकार !
तेरो पानीजहाज लैजा
चुच्चे रेल लैजा
तेरो स्मार्ट- सिटी लैजा
समृद्धिको भेल लैजा

तेरो उद्घाटन लैजा, शिलान्यास लैजा
पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा
मेरा बाको औंठी लैजा, घडी लैजा
मेरी आमाको तिलहरी लैजा

सरकार !
यी सबैको बदलामा तैंले
मलाई एक सिलिन्डर अक्सिजन दे !

  • यो कविता, कवि अर्जुन पराजुलीको फेसबुकबाट साभार गरिएको हो ।
तपाईको प्रतिक्रिया