शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाण्डाै – अमेरिकाले लगाएका विभिन्न प्रतिबन्धको जवाफमा रूसले १० अमेरिकी कूटनीतिज्ञमाथि प्रतिबन्ध लगाएको छ। मस्कोमा कार्यरत १० कूटनीतिज्ञलाई रुसले निस्काशित गर्न लागेको हो।

रूसी विदेशमन्त्री सर्गेइ लावरोवले वासिंटनसँग भएको विवादमा रुसले गतिलो जवाफ दिने चेतावनी दिएको केही समयमा रूसको यस्तो निर्णय आएको हो। रूसले मस्कोमा अमेरिकी गैरसरकारी संगठनको हस्तक्षप रोक्न भन्दै आठ अमेरिकी कूटनीतिज्ञलाई प्रतिबन्धको सूचीमा समावेश गरेको छ। त्यस्तै‚ दुईजना दूतावासका कूटनीतिक कर्मचारी प्रतिबन्धको सूचीमा समावेश रहेको बताइएको छ।

यसअघि अमेरिकाले गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनमा दखल पुर्‍याएको भन्दै १० रूसी कूटनीतिज्ञलाई प्रतिबन्ध लगाएको थियो। कूटनीतिज्ञलाई प्रतिबन्ध लगाएपछि राष्ट्रपति जो बाइडेनले रुससँग सामरिक स्थिरताका लागि वार्ताको प्रस्ताव राखेका थिए। सामरिक स्थिरताका विषयमा वार्ताका लागि भने रूस पनि तयार भएको छ।

 

तपाईको प्रतिक्रिया