काठमाण्डाै – बाइडेनले रुस र अमेरिकाबीचको तनाव कम गर्ने समय आएको भनी दिएको अभिव्यक्तिलाई रुसले सम्मान गर्ने रूसी प्रशासनिक केन्द्र क्रेमलिनले शुक्रबार जानकारी गराएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले मङ्गलबार रुस र अमेरिकाको सहयोगी मुलुक युक्रेनबीच बढ्दो तनावको बारेमा छलफल गर्न आफू र पुटिनले तटस्थ भूमिमा शिखर बैठकको प्रस्ताव गरेका थिए ।
फिनल्यान्डका राष्ट्रपति सउली निनिस्तोले शुक्रबार आफ्नो देशलाई सम्भावित बैठकस्थलकोे लागि प्रस्ताव गरिसक्नुभए पनि क्रेमलिन अझै पनि पुटिन–बाइडेन शिखर सम्मेलनको प्रस्तावबारे विचार गरिरहेको उनले बताए ।
तनाव कम गर्ने आह्वानको बाबजुद वासिङ्टनले हालै चुनावी तथा साइबर हस्तक्षेपको आरोप लगाएको थियो जसले मस्कोलाई थप आक्रोशित पारेको थियो । क्रेमलिनले ‘दण्डले सम्भावित शिखर सम्मेलनलाई सहयोग’ नगर्ने पनि बताएको छ । उनले भने, “प्रतिबन्धको बाटो रसका लागि अस्वीकार्य रहेको छ ।”
निर्वाचनका समय बाइडेनले आफ्नो पूर्ववर्ती डोनाल्ड ट्रम्पको भन्दा मस्कोसँग धेरै कडा नीति लिने प्रतिवद्धता व्यक्त गरेका थिए ।