शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – अमेरिकामा एक बन्दुकधारीको आक्रमणमा परी ८ जनाको मृत्यु भएको छ । अमेरिकाको इन्डिना राज्यको इन्डियनापोलिस सहरमा घटना भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

एएफपीका अनुसार त्यहाँको एक अन्तराष्ट्रिय विमानस्थल नजिकै बिहीबार राति एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् ।

ती बन्दुकधारीले करिब १० फायर गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै त्यहाँको प्रहरीले जानकारी दिएको छ । आक्रमणपछि ती बन्दुकधारीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।

तपाईको प्रतिक्रिया