शनिबार, जेठ १९, २०८१
Saturday, June 1, 2024

काठमाडौं – सरकारले कोरोना संक्रमणको दोस्रो लहर नेपालमा जेठ-असारमा उच्च बिन्दुमा पुग्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको विषयमा भनाइ राख्‍दै यस्तो बताएका हुन् ।

‘नेपालमा पनि भारतमा जस्तै कोरोनाको दोस्रो लहर विस्तारै उकालो लाग्न थालेको छ’, उनले भने, ‘सोमबार मात्रै ४ हजार ५३६ को पिसिआर परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भयो । यसले नेपालमा विस्तारै पोजेटिभ हुने अर्थात कोरोनाबाट संक्रमित हुने क्रम बढ्दैछ भन्‍ने पुष्टि गरेको छ ।’

उनले भारतमा कोरोनाको दोस्रो लहरले विकराल रुप लिएको पनि बताए । ‘भारतमा कोरोनाको दोस्रो लहर उच्च जेठ-असारमा अर्को उच्च बिन्दुमा पुग्ने देखिन्छ’, उनले भने, ‘अहिले नेपालमा ४८ वटा सरकारी र ३६ वटा निजी ल्याबबाट कोरोना जाँच भइरहेको छ । सरकार दोस्रो लहरको सम्भावित जोखिमसँग जुध्न तयारी अवस्थामा छ ।’

तपाईको प्रतिक्रिया