शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरे । उनले भने, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छटपटी सुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’

तपाईको प्रतिक्रिया