शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह र राजपरिवारका सदस्यको सुरक्षा कटौती गरेको छ ।

पूर्वराजा र राजपरिवारको सुरक्षामा खटिएका २४ सशस्त्र प्रहरीलाई आज फिर्ता बोलाइएको छ । अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीत रहेका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाइएको हो ।

पूर्व राजपरिवारको सुरक्षामा ४० जना सशस्त्र प्रहरी तैनाथ थिए । अब १६ जना मात्रै हुनेछन् । उनको सुरक्षामा रहने १६ जनाको कमाण्ड सशस्त्रका डीएसपीले गर्नेछन् । यसअघि अन्य अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मी पनि फिर्ता भइसकेका छन् ।

आफ्ना लागि व्यवस्था हुँदै आएको सुरक्षा कटौतीप्रति पूर्व राजाले असन्तुष्ट छन् । उनले केहि समयअघि सुरक्षाकर्मी कटौतीबारे असन्तुष्टि व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया