शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले झन् शक्तिशाली बनाइदिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘पुस ५ गतेको घटना संसद विघटन मात्रै होइन, लोकतन्त्र पनि खोसिएको दिन हो’, उनले भने, ‘एकजना मान्छेले प्रतिक्रियावादीसँग मिलेर व्यवस्था उल्ट्याउन खोज्छ भने सहिँदैन । अझै पनि ढुक्कसाथ बस्ने अवस्था छैन ।’

सर्वोच्च अदालतले संसद फर्किए पनि ढुक्कसाथ बस्ने अवस्था नरहेको बताए । ‘संसद आयो तर ढुक्कसाथ बस्न सकिने अवस्था छैन । केपीविरुद्ध सडकमा गएका थियौँ । संविधानले दिँदै नदिएको अधिकारसहित फागुन २३ गते केपी ओलीलाई झन् शक्तिशाली बनाइदियो’, उनले भने, ‘अध्यक्षबाट हटाइएको केपी ओलीलाई फेरि अध्यक्ष बनाइदियो । केपी ओलीलाई दल नेताबाट हटाउने निर्णय गर्‍यौँ तर सर्वोच्चले उनलाई झन् शक्तिशाली बनाइदिएको छ ।’

तपाईको प्रतिक्रिया