शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीमा सत्ताको उन्माद चढेको आरोप लगाएका छन् । रिपोर्टर्स नेपालको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले कार्यकारिणी प्रमुखमा सत्ताको उन्माद चढेको बताएका हुन् ।

‘कार्यकारी प्रमुखमा सत्ताको उन्माद चढेको छ । अदालतले संसद्लाई बचाए पनि विकृति कायमै छ, संसद्लाई कमजोर बनाउने काम भइरहेको छ,’ उनले भने । राजनीतिक विकृति हटाउन र लोकतन्त्रको सुदृढीकरणका लागि सबै दलका प्रमुख एकजुट हुनुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया