शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – नेकपा एमाले नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीलाई आज, भोलि वा पर्सी दण्डित हुनुपर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको मंगलबार जवाफ दिँदै भुसालले अध्यक्ष ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्युँझिन समेत आग्रह गरेका छन् । भुसालले सत्ता र शक्तिको भोगको हिसाबले तपाईंले पाउन अझै के बाँकी छ ? भनेर ओलीमाथि प्रश्न उठाएका छन् ।

अध्यक्ष केपी ओलीले नेता माधव नेपाल र भीम रावललाई पार्टीबाट ६ महिना निलम्बन गरेको भोलिपल्ट नेता घनश्याम भूषालले एक न एक दिन ओली दण्डित हुने दिन आउने भन्दै स्पष्टीकरण पेश गरेका हुन् । ११ पेज लामो पत्र लेख्दै नेता भुसालले अध्यक्ष ओलीका कारण एमाले पार्टी नै विसर्जनको बाटोमा पुगेको आरोप पनि लगाएका छन् ।

-भुसालले ओलीलाई स्पष्टीकरण पत्र :-

तपाईको प्रतिक्रिया