शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – खुमामोतो प्रान्तको किकुची शहरमा रहेको नगरपालिका केन्द्रीय पुस्तकालय जापानको एक मात्र विश्व प्रसिद्ध पुस्तकालय हो । नदीको बहाव जस्तो घुमाउरो बुकसेल्फ र सीढीमा राखिएको पढ्ने सिट जस्ता नवीन डिजाइन सौन्दर्यले गर्दा यो पुस्तकालय आर्किटेक्चरको क्षेत्रमा अत्यधिक मूल्यांकन गरिएको छ ।

किकुची नदी शहरको पहिचानको एक महत्वपूर्ण अंश हो । यस पुस्तकालयमा नदीको प्रवाह जस्तो घुमावदार रेखाले विशाल बुकसेल्फ डिजाइन गरिएको छ र सो बुकसेल्फको नाम “बुक रिभर” राखिएको छ । बग्ने खोलाको आकारको घुमाउरो बुकशेल्फ १०० मिटर लामो छ ।

सेन्ट्रल लाइब्रेरीको स्थापना सन् २०१७मा भएको थियो । यस पुस्तकालयले प्रतिवर्ष एक लाख ४० हजार मानिस आकर्षित गरिरहेको छ ।

आन्तरिक सजावटका  कारण यस पुस्तकालयले दुवै देश र विदेशमा धेरै डिजाइन पुरस्कारहरू जितेको छ ।

 

तपाईको प्रतिक्रिया