बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – लेसेन एल्बाट्रसले उत्तर प्रशान्त महासागरस्थित एउटा वन्यजन्तु आरक्षमा फेब्रुअरी १ तारिखका दिन बचेरो कोरलेको अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसले जनाएको हो ।

विश्वकै सबैभन्दा जेठी जङ्गली चरी विज्डम द एल्बाट्रसले कम्तीमा ७० वर्षको उमेरमा बचेरो कोरलेकी छन् । लेसेन एल्बाट्रसले उत्तर प्रशान्त महासागरस्थित एउटा वन्यजन्तु आरक्षमा फेब्रुअरी १ तारिखका दिन बचेरो कोरलेको अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसले जनाएको हो ।

सामान्यतया लेसेन एल्बाट्रसहरू १२ देखि ४० वर्षसम्म बाँच्छन् । तर विज्डमलाई सन् १९५६ मा अनुसन्धानकर्ताहरूले पहिलो पटक पहिचान गरेका थिए । वाइल्डलाइफसम्बन्धी अमेरिकी अधिकारीहरूका अनुसार विज्डमले एकीआकामाई नाम गरेका भालेको समागमबाट बचेरो पाएकी हुन् ।

सन् २०१२ देखि तिनी एकीआकामाईसँग बस्दै आएकी छन् । सामान्यतया एल्बाट्रसहरू एक पटक मात्रै जीवनसाथी बनाउँछन् । तर लामो समयसम्म बाँचिरहेकी विज्डमका पहिलाका जीवनसाथीहरू मरिसकेका ठानिएको छ ।विज्डमले फेब्रुअरीमै बचेरो कोरले पनि त्यसबारे यो साता मात्र थाहा भएको हो । ‘विज्डमले नोभेम्बर महिनाको अन्तिमतिर अन्डा पारेको हुनुपर्छ,’ अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसले नयाँ बचेरोबारे जानकारी गराएको विज्ञप्तिमा भनेको छ ।

‘त्यसलगत्तै जब उनी आहाराका लागि समुद्रतिर फर्किइन् । तिनको जीवनसाथीले अण्डा स्याहार्ने जिम्मेवारी सम्हाल्यो । एल्बाट्रसको जोडीले अन्डा स्याहार्ने र बचेरो कोरलिएपछि आहारा खुवाउने जिम्मेवारी मिलीजुली सम्हाल्छन् ।’

विज्डमले आफ्नो जीवनकालमा ३० देखि ३६ वटा बचेरो कोरलेको अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसको विश्वास छ । अमेरिकामा मिडवे एटल वाइल्डलाइफ रिफ्युज सबैभन्दा धेरै एल्बाट्रसहरूको बासस्थान हो ।

तपाईको प्रतिक्रिया