मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि ७० वर्ष लागेका छन् । उनले आफ्नो ७० औँ जन्मदिन सरकारी निवास बालुवाटारमा पारिवारिक जमघटबीच मनाएका छन् । बिहानैदेखि शुभेच्छुक र कार्यकर्ताले ओलीलाई सामाजिक सञ्जालमा शुभकामना दिइरहेका छन् । २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा स्वर्गीय मधु ओलीको पहिलो सन्तानका रुपमा जन्मेकाका उनले बालुवाटारमै खुसी साटासाट गरे ।उनको जन्मदिन मनाउन घर र ससुराली तर्फका सदस्यहरु सहभागी थिए । प्रधानमन्त्रीको जन्मदिनमा उनका बुवा ९१ वर्षीय मोहनप्रसाद ओली पनि सहभागी भए । त्यस्तै प्रधानमन्त्री ओलीका सासु र सालीहरू पनि जन्मदिन मनाउन पुगेका थिए। प्रधानमन्त्रीलाई ससुरालीतर्फबाट नेवारी संस्कृति अनुसारका सगुन र उपहार पनि प्रदान गरियो ।

तपाईको प्रतिक्रिया