शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – लेखक सुदन कुमार ओलीको पहिलो पुस्तक आधाबाटो सार्वजनिक भएको छ । सामाजिक र आर्थिक विषयमा कलम चलाउँदै आएका लेखकको यो अनुभूतिसङ्ग्रह पहिलो पुस्तक हो ।

अक्सिजन मिडिया प्रालिबाट प्रकाशित पुस्तकमा बाल्यकाल देखिका महत्वपूर्ण स्मृतिहरुमध्ये १९ ओटा स्मृतिहरु सङ्ग्रहित छन । विश्व महामारीको रुपमा फैलिएको कोराना भाइरसको बन्दाबन्दीको समयमा लेखिएको यस किताबबाट पाठकहरुले भिन्नै स्वाद प्राप्त गर्न सक्नेछन । किताबमा ग्रामीण जिवनस्तरको यथार्थपरक चित्रण गरिएको छ ।

बाल्य अवस्थादेखि विद्यावारिधि अध्ययन समयसम्मको विभिन्न संघर्ष तथा अनुभवका विन्दुहरुको व्याख्या गरिएको छ । किताबका अधिकांश पात्र तथा स्थानहरुको अतिसंवेदनशील बाहेकका सबैको वास्तविक वर्णन गरिएको छ । कहिले अति रोमाञ्चक त कहिले अत्यन्तै रोदनमुलक भावको संयोजन भएको अनुभवहरुको प्रस्तुतिले पाठकलाई विलक्षणको अनुभव गराउनेछ ।

काठ्माडौं तिलगंगास्थित आनन्द पशुपति होटेलमा विमोचन भएको किताब जम्मा १७१ पानाको छ र सो किताबको मूल्य जम्मा रु २५० राखिएको छ । किताबबाट उठेको रुकम सबै विजनेश तथा सामाजिक आर्थिक अध्ययनमा लगाउने जनाइएको छ । किताब ललितपुर झम्सीखेलस्थित बुक ल्याण्ड तथा विभिन्न अनलाइन माध्यमबाट प्राप्त गर्न सकिन्छ ।

किताब बिमोचन कार्यक्रममा महेश पौड्याल र डिल्लीराम शर्माले टिप्पणी गरेका थिए भने उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । साथै सो कार्यक्रममा पूर्वमन्त्री अमरसिह पुन, मनोजमणी आचार्य तथा व्यवसायी बलराम खतिवडाले लेखकलाई शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया