Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कृषीमन्त्री पद्मा कुमारी अर्याल आफ्नै गृहजिल्लामा लखेटिएकै भोलिपल्ट आइतवार पूर्वमन्त्री तथा नेकपा नेतृ विना मगर आफ्नै गृहजिल्ला कंचनपुरबाट लखेटिएकी छिन् । केहि दिनदेखि आफ्नै निर्वाचन क्षेत्र समेत रहेको कंचनपुरमा रहेकी उनलाई आइतवार भने स्थानियहरुले ढुंगामुढा गर्दै लखेटेका हुन् । नेकपा प्रचण्ड माधव खेमाले केपी ओली नेतृत्वको नेकपाले मगरमाथि आक्रमण गराएको जनाएको छ।

केपी ओली धनगढीमा गएर संवोधन गरेपछि सो खेमाको मनोबल उच्च भएको छ । सुदुरपश्चिममा नेकपामा भीम रावलको पकड मानिदै आएको थियो । तर रावलको पकडलाई लेखराज भट्टले चुनौती दिएपछिको अवस्थामा भट्ट अहिले ओली खेमामा खुलेका मात्र छैनन् त्यस क्षेत्रको कमाण्डर बनाइएका छन् । भट्ट समर्थकहरु अहिले आफ्नो संगठन र प्रभाव बढाउन लागिरहँदा कंचनपुरबाटै निर्वाचित सांसद तथा प्रचण्डकी बुहारी विना मगर उनीहरुको निशानामा परेका छन् ।

शनिवार स्याङ्जामा कांग्रेस कार्यकर्ताहरुको पद्मा अर्याल लखेटाइमा परे जस्तै आइतवार नेकपाकै ओली खेमाले विनालाई आक्रमण गरेर लखेटेका हुन् । शनिवार स्याङजामा पद्मालाई कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाउँदै लखेटेका थिए । सासू सीता दाहाललाई उपचारका लागि मुम्बई लगिए लगत्तै विना आफ्नो निर्वाचन क्षेत्र रहेको कंचनपुर गएकी थिइन । तर जुन किसिमको आक्रमणको सामना विनाले गर्नुपरेको छ आगामी दिनमा अझ उनको लागि स्थित जटिल हुनसक्ने आँकलन गरिएको छ । यो घटनाले नेकपाको द्वन्द अझ गहिरिने संकेत पनि देखिएको छ ।

तपाईको प्रतिक्रिया