Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं –  बेलायतमा पछिल्लो २४ घन्टामा थप  ५४ हजार ९४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार पछिल्ला दश दिनयता नयाँ संक्रमितको संख्या दैनिक ५० हजारभन्दा बढी रहँदै आएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३० लाख ७२ हजार ३४९ पुगेको छ ।

यसैगरी २४ घन्टाभित्र थप ५६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सामान्यतया वीकेंडको समयमा सार्वजनिक गरिने तथ्याङ्क अन्य दिनको तुलनामा कम हुने भएपनि आज सार्वजनिक तथ्याङ्क आइताबारमध्येको  सात महिनायताकै उच्च हो । आइतबार साँझसम्मको तथ्याङ्कअनुसार हालसम्म बेलायतमा ८२ हजार ६२४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पताल भर्ना हुनेको संख्यामा निरन्तर वृद्धि भइरहेको छ । हाल ३२ हजारभन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ भने तीन हजारभन्दा बढी भेन्टिलेटर बेडमा उपचाररत रहेका छन् ।
तपाईको प्रतिक्रिया