Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
Photo -AFP

टोकियो – जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले ब्राजिलबाट हानेदा एयरपोर्ट आएका चार पुरुष र महिलामा भाइरसको नयाँ स्वरूप भेटिएको जानकारी दिएको छ । म्युटेन्ट भाइरस बेलायत र दक्षिण अफ्रिकामा भेटिएको भाइरसको नयाँ संस्करण भन्दा फरक भएको पाइएको छ ।

जनवरी २ मा आएका यी चार व्यक्तिमा हानेदा एयरपोर्टको क्वारेन्टाइन  स्टेशनमा कोरोना संक्रमण पुष्टि भएसँगै क्वारेन्टाइनमा राखिएको थियो । राष्ट्रिय संक्रामक रोग संस्थाले नमूनाको जिनको विश्लेषण गर्दा नयाँ भेरियन्ट भेटिएको हो । भेटिएको भाइरसको स्वरूप बेलायत र दक्षिण अफ्रिकामा फेला परेका प्रकारसँग हल्का मिल्दोजुल्दो भएता पनि यो एक फरक भेरियन्ट हुन सक्ने बताइएको छ ।

कोरोना भाइरस प्रकोपबाट संकटग्रस्त बन्दै गइरहेको जापानको घरेलु क्वारेन्टाइनमा नै भाइरसको नयाँ संस्करण भेटिएको यो पहिलो पटक हो ।

भर्खरै फेला परेको भाइरसको नयाँ भेरियन्टको संक्रामक क्षमता बारेमा कुनै जानकारी उपलब्ध नहुँदा यसले गम्भीर लक्षणहरू निम्त्याउन सक्छ वा सक्दैन, यो खोप प्रतिरोधी छ वा छैन जस्ता तनावको बारेमा राष्ट्रिय संक्रामक रोग संस्थानले विस्तृत अनुसन्धान गरिरहेको छ।

कोरोना भाइरसको जिनमा प्राकृतिक रूपमै समयक्रमअनुसार स–साना परिवर्तन हुने गरेको विभिन्न अनुसन्धानले देखाएका छन् ।

तपाईको प्रतिक्रिया