Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो — टोकियो ओलम्पिक २०२० नजिक आउँदै छ । यो हुनेछ वर्ष २०२१ मा । नौ महिनाअगाडि टोकियो ओलम्पिक सरेको घोषणा भएको थियो, त्यसयता स्थानीय आयोजक र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) व्यग्रसँग पर्खिरहेका छन्, नयाँ आयोजना समयका लागि । अहिलेसम्म धेरै तथ्यबाहिर आएको छैन, साँच्चै प्रतियोगिता कसरी हुनेछ भनेर ।

कोरोना भाइरस संक्रमणको महामारीबीच जुलाई २३ बाट सुरु हुने टोकियो ओलम्पिकबारे अझै धेरै प्रश्न ज्युँका त्युँ कायमै छन् । अबको केही महिनामा आईओसी र टोकियो ओलम्पिकका स्थानीय आयोजकले ठोस कार्यक्रम अगाडि सार्नुपर्नेछ । अहिलेसम्म जापानमा कोभिड–१९ का कारण चार हजारको मृत्यु भएको छ । अहिले यहाँ महामारी चर्किंदै छ, भलै जापानमा रहेको समस्या अन्यत्र जस्तो धेरै गम्भीर भएको छैन, तर जापानमै नयाँ खाले भाइरस पुगिसकेको छ अनि यसै कारणले टोकियो आफैंमा चर्को समस्यामा छ । टोकियोमा अहिले संकटकाल लागू छ, त्यसैले अन्योल बढेको हो ।

त्यसो त जापानी प्रधानमन्त्री योसिहिदे सुगाले टोकियो ओलम्पिक नयाँ घोषित मितिमै हुने दाबी पनि गरेका छन् । तर यो भनाइ आएको केही समयपछि नै टोकियोको स्थिति अझ खराब भएको हो, कोभिड–१९ का कारण । अनि जापानमा खोप सजिलै सबैलाई उपलब्ध हुन अझै मार्चसम्म कुर्नुपर्नेछ । यतिले मात्र सबै स्थिति मिल्दैन ।

टोकियो ओलम्पिकमा भाग लिने सबै २ सय ५ देशमा पनि त खोप यसरी सजिलै उपलब्ध हुनुपर्नेछ, त्यो समय सीमाभित्र । त्यसैले समय धेरै तीव्र गतिमा अगाडि बढिरहेको छ, आयोजक दबाबमा छन् । जापानीहरू स्वयं ढुक्क हुन सकेका छैनन्, टोकियो ओलम्पिक गर्नु ठीक हुन्छ वा हुन्न भनेर । भर्खरै टेलिफोनको माध्यमबाट १ हजार २ सय जापानीबीच एउटा सामान्य सर्वेक्षण गरिएको थियो । त्यसमा भाग लिएका ६३ प्रतिशतले प्रतियोगिता रद्द गर्नुपर्ने वा अझ सार्नुपर्ने सुझाव दिएका छन् ।

माइकल फेल्पस ओलम्पिक इतिहासका सबैभन्दा सफल खेलाडी हुन् । उनले २८ पदक जितेका छन् । त्यसमध्ये २३ त स्वर्ण नै छ । उनले सीएनएनलाई हालै दिएको अन्तर्वार्तामा भनेअनुसार उनी आफैं पनि टोकियो ओलम्पिक अब घोषित समयमा हुन्छ भन्नेमा ढुक्क हुन सकेका छैनन् । त्यसमाथि आईओसीले भनिसकेको छ, अब पनि ओलम्पिक सर्ने छैन, बरू त्यसलाई रद्द नै गरिनेछ । यसको अर्थ अब सबैको ध्यान सन् २०२२ को शीतकालीन ओलम्पिकमा केन्द्रित हुनेछ ।

फेल्पसले भनेका छन्, ‘ओलम्पिकको आयोजना हुन्छ भने १० हजार खेलाडी अनि त्यत्तिकै संख्याका स्वयंसेवक, प्रशिक्षक आदि धेरैको ज्यान जोखिममा पर्नेछ । त्यसैले प्रतियोगिताको आयोजना गर्नैपर्छ भनेर जिद्दी गर्नु ठीक हुन्न । मैले आफैं पनि अब के हुन्छ भनेर उत्तर दिन सक्दिनँ, सबै खोपको सफलता पर्खिरहेका छन् । सबै चाहन्छन्, खोपको कार्यक्रम सजिलै अगाडि बढोस् । तर अहिले स्थिति कस्तो छ भने यस्तै हो भनेर केही पनि भन्न सकिन्न ।’ टोकियो ओलम्पिक एक वर्ष सारिएको मितिमा हुन्छ वा हुन्न भन्ने तथ्य धेरै हदसम्म अर्थसँग जोडिन्छ । पछाडि सारिएकै कारण टोकियो ओलम्पिकको खर्चमा दुई अर्ब ८० करोड डलर बढी भार थपिनेछ । यो खर्चको अधिकांश भाग बेहोर्ने भनेको आम जापानी करदाताबाटै हो । टोकियो ओलम्पिकको आधिकारिक बजेट भनेको अब १५ अर्ब ४० करोड डलर हो, पहिले अनुमान गरिएभन्दा २२ प्रतिशतले बढी । यो ठूलै व्ययभार हो ।

सन् २०१३ मा जापानले ओलम्पिक आयोजनाको अधिकार जित्दा भनेको थियो, बजेट खाली ७ अर्ब ५० करोडमात्र हुनेछ । अर्को महत्त्वपूर्ण प्रश्न, टोकियो ओलम्पिकका क्रममा दर्शकले प्रवेश पाउनेछन् त ? सायद । तर यी दर्शक विदेशी हुने सम्भावाना धेरै कम छ, खाली जापानीले मात्र ओलम्पिक हेर्न पाउने स्थिति हुन बेर छैन । नयाँ भाइरस पत्ता लागेयता त यो सम्भावना अझै बढेको छ । विदेशी खेलप्रेमी सम्भवतः बिरलै जापान जान पाउनेछन् ओलम्पिक हेर्न ।

जापानले भर्खरै मात्र लगभग सबैखाले आगन्तुकलाई आफ्नो देशमा प्रवेशमा रोक लगाएको छ । आईओसी अध्यक्ष थोमस बाखले खाली यति भनेका छन् कि खास संख्यामा विदेशी दर्शकले टोकियो ओलम्पिक हेर्न पाउनेछन् । खासमा आईओसीको मुख्य चिन्ता खेल प्रत्यक्ष हेर्न दर्शकलाई लिएर होइन, बरू टेलिभिलनमा प्रतियोगिताको प्रत्यक्ष प्रशारणलाई लिएर हो । यस्तो किनभन्दा आईओसीको आयको ७३ भाग यही टेलिभिजन प्रशारणको अधिकार बेचेर प्राप्त हुन्छ ।

दर्शक भएनन् भन्दा पनि टेलिभिजनमा खेल प्रत्यक्ष प्रशारण त सम्भव हुन्छ नै । अहिले त यसको बानी नै परिसकेको छ, तर दर्शक नहुने स्थितिमा पनि आयोजकले ८ करोड डलर जतिको रकम गुमाउने छ, जुन टिकट बेचेर प्राप्त हुन्थ्यो । अध्यक्ष बाखले टोकियो ओलम्पिक आयोजनाका लागि विशेष कार्यक्रम गर्ने धारणा अगाडि सारेका छन् । यो महामारीबाट बच्ने जुक्ति हो र त्यसअनुसार सहभागी खेलाडी अन्तिम समयमा टोकियो पुग्नेछन् ।

अनि चाँडै प्रतियोगिता सकिनासाथ टोकियो छाड्ने छन् । तर यो सोच के कस्तो हुने हो केही महिनापछि मात्र थाहा हुनेछ । एउटा यस्तै ठूलो प्रश्न प्रतियोगिताको प्रायोजकलाई लिएर पनि छ । जापानी विज्ञापन एजेन्सी डेन्ट्सुले प्रायोजकका रूपमा ६८ संस्थालाई अनुबन्ध गरेको छ । यी प्रायोजकबाट अहिले नै ३ अर्ब ३० करोड डलर प्राप्त भइसकेको छ । तर यी प्रायोजकले अब योभन्दा बढी रकम कसरी प्रदान गर्ने हो, त्यसबारे यकिन भन्न सकिने अवस्था छैन ।

तपाईको प्रतिक्रिया