Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा पनि कोरोनाको प्रभाव बढ्न थालेको छ । शनिबार जापानमा थप ५९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्य मुलुकको दाँजोमा जापानमा मृत्युदर ज्यादै न्यून देखिएता पनि पछिल्लो समय जापानमा कोरोनाका कारण निधन हुनेको संख्या दिन प्रति दिन बढ्दै गएको देखिन्छ । संक्रमणको सुरुवाती दिनहरुमा संक्रमण र संक्रमणबाट मृत्यु हुने दर अत्यन्तै कम भएको जापानमा हाल प्रत्येक दिन हजार बढी नयाँ संक्रमित थपिन थालेका छन् भने संक्रमितको निधन हुने गति पनि बढेको छ ।

जापानी संचार माध्यम माइनिचि अनुसार जापानमा पहिलो पटक कोरोना भेटिएको १५८ दिनमा एक हजार संक्रमितको मृत्यु भएको पुष्टि भएको थियो । त्यस्तै अर्को १२५ दिन बित्दा दुई हजार जनाको मृत्यु भएको घोषणा भएको थियो । बिस्तारै जापानमा कोरोनाको प्रभाव बढ्न थाले पछि मृतक संख्या दुई हजारबाट तीन हजार पुग्न एक महिना र अहिले १८ दिन यता थप एक हजार मृतक संख्या थपिएर चार हजार नाघेको छ ।

अहिले जापानमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ४,०३५ पुगेको छ ।***

तपाईको प्रतिक्रिया