Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – टोकियोको हाचीओजीमा रहेको आवासीय क्षेत्रमा आगलागी हुँदा तीनको मृत्यु भएको छ ।

आईतबार बिहान १० बजे टोकियोको हाचीओजीस्थित दुई तल्ले घरमा आगलागी हुँदा सो घरसहित वरपरका ४ वटा भवन लगभग १३० वर्ग मिटर जलेको छ । घटनास्थल मै दुई जनाको निधन भएको र एक जनाको अस्पतालमा लागे पछि मृत्यु भएको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

आगलागी भएको आवासीय क्षेत्र जेआर हाचीओजी स्टेशनबाट २ किलोमिटरको दूरीमा रहेको छ ।

आगलागीको कारण भने थाहा हुनसकेको छैन ।

दमकल विभाग र प्रहरीले घटना बारे अनुसन्धान गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया