Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं –  इन्डोनेसियन अधिकारीहरुले बताए अनुसार शनिबार राजधानी जकार्ताबाट अवतरण गरेको केही समयमै बेपत्ता बोइङ ७३७ यात्रुबाहक विमानको दुर्घटनास्थल पत्ता लागेको छ । उक्त श्रीविजया विमानले ६२ जना मानिस सवार थिए र पश्चिमी प्रान्तका लागि उडेको चार मिनेटमै विमान रेडरबाट हराएको थियो ।

यस्तोमा हिजोदेखि नै निजकी सुमद्री क्षेत्रमा दश भन्दा बढी जहाजहरु यसको खोजीका लागि तैनाथ गरिएको हो । अनुसन्धानकर्ताहरुले समुद्रमा फेला परेका केही वस्तुहरु सम्भावित रुपमा जहाजको भग्नावशेश भएको विश्वास गरेका छन् र त्यसको अध्ययन गरिरहेका छन् । मध्यरातमा उद्धार तथा खोजीको कार्य स्थगित गरिए पनि आइतबार बिहानदेखि पुनः जारी गरिएको छ ।

इन्डोनेशियाको राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार विमानले उडानपछि कुनै पनि शंकास्पद सन्देश पठाएको थिएन जुन एक मिनेटमै ३ हजार मिटर तल खसेको हुन सक्ने अनुमान गरिएको छ ।

केही स्थानीयहरुले विस्फोटको आवाज सुनेको बताएका हुनाले पनि विमान दुर्घटना भएको स्थल त्यहीँ वरपर रहेको शंका गरिएको छ । नजिकै माछा मारिरहेका एक वासिन्दा, सोहिलिनले भनेका छन्, “विमान एकै झट्कामा विजुली जसरी समुद्रमा खस्यो अनि पानीमा विस्फोट भयो । हामी त्यसको धेरै नजिकै थियौँ जसकारण विमानका केही हिस्सा झन्डै हाम्रो जहाजसम्म आइपुग्यो । ” त्यस्तै नजिकैको टापुका अन्य स्थानीयहरुले पनि विभिन्न वस्तु फेला पारेको खबर गरेका छन् जुन विमानको शेष हुन सक्ने बताइएको छ ।

विमानमा सवार ५० यात्रुमा सातजना बालबालिका, तीन शिशु र १२ विमानका कर्मचारीहरु रहेको बताइएको छ । विमानको असली क्षमता चाहिँ १३० यात्रुसम्मको रहेको थियो । यस्तोमा ती यात्रुहरुका आफन्त र परिवारजन यतिबेला विमानस्थलमै चिन्तित स्थितिमा पर्खिरहेका छन् । संचारकर्मीहरुसँग रुँदै एक व्यक्तिले भनेका हुन्, “विमानमा मेरा चारजना परिवार सवार थिए, मेरी पत्नी र तीन छोराछोरी । मेरी पत्नीले आज मात्र मलाई छोराछोरीको तस्बिर पठाएकी थिइन् । मेरो मुटु अहिले टुक्राटुक्रा भएको छ ।”

बोइङ ७३७–५०० मोडेलको यो विमान २६ वर्ष पुरानो भएपनि अहिलेसम्म राम्रै अवस्थामा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया