Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमामा बस्न चेतावनी दिएका छन् ।

अध्यक्ष मिश्रले मर्यादा नाघेको भन्दै रिमालले ट्वीटरमा सीमामा बस्न मिश्रलाई चेतावनी दिएका हुन् । रिमालले जतिसुकै सेलिब्रेटी भए पनि समयले जवाफ माग्ने भन्दै धम्कीको भाषा प्रयोग गरेका हुन् ।

अध्यक्ष मिश्रले भने उनको यो भाषाप्रति आपत्ति जनाएका छन् । ‘प्रधानमन्त्री ओली पूर्व प्रधानन्यायाधीश तथा अन्य आलोचकप्रति धम्कीपूर्ण भाषा प्रयोग गर्ने। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार मलाई धम्कीपूर्ण भाषा प्रयोग गर्ने’, मिश्रले भनेका छन् ।

ट्वीटरमा मिश्रले पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा टिप्पणी गरेपछि रिमालको यस्तो ट्वीट आएको हो । सुरुमा मिश्रले ट्वीटरमा लेखेका छन्,  ‘कस्तो समय आयो ! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्रीरराष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्याली आह्वान गर्दा हजारौं सरीक हुने। अब अति भो !’

यही ट्वीट पढेर रिमालले मिश्रलाई सीमामा बस्न चेतावनी दिएका हुन् । सो ट्विटमा रिमालले जवाफ दिँदै भनेका छन्, ‘सीमामा बस्नुस् रवीन्द्र जी ! तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहि भनुँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ ।’

ट्वीटरमा वार गरेका रिमाल र मिश्रका ट्वीट अहिले चर्चामा छन् । रिमालको जवाफमा फेरि मिश्रले ट्वीट गर्दै भनेका छन्, ‘प्रिय विष्णु रिमाल जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोयाउँदा ‘सीमामा बस्नुस्’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमती जनाउनुभएको भए भइहाल्थ्यो । सानो सुझाव मात्र।’

ट्वीटरमा वार परेपछि त्यही स्क्रिनसट राखेर मिश्रले फेसबुकमा लेखेका छन्, ‘धम्की नै धम्की !’

तपाईको प्रतिक्रिया