Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दुई छिमेकी मुलक भारत र चीनलाई छिमेकमा आगो लाग्दा आफ्नो घरमा पनि सल्किन सक्ने चेतावनी दिएका छन् । चीन र भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको हिटलर प्रवृतिलाई बोक्न खोजेको भन्दै उनले नेपालमा आगोे लगाउनेको आफ्नो घरमा पनि सल्किन सक्ने चेतावनी दिए । ‘छिमेकमा आगो लाग्दा तपाईँको घरमा पनि नसल्किएला भन्न सकिन्न ’, शनिबार विराटनगरमा आयोजना गरेको विरोधसभामा उनले भने ।

प्रतिनिधिसभा विघटनअघि भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख र विघटनपछि चिनियाँ टोलीको नेपाल भ्रमणमा आएकाले शंका उत्पन्न भएको उनले बताए ।

‘उत्तर र दक्षिणबाट मान्छेहरु आए, के उनीहरु चियाँ खाएर गफ गर्न आएका होलान रु केपी ओलीसँग चिया मात्रै खाएर गए होलान ? ’ उनले भने ‘धेरै कुरा आइसकेका छैन, तर दालमे कुछ काला हे भने झै शंका गर्ने ठाउँ छ ।’

अघि भने, ‘दक्षिण र उत्तरका मित्रहरुलाई म आग्रह गर्न चाहन्छु, हिजो महेन्द्रहरुलाई ३० वर्ष बोक्नुभयो । ज्ञानेन्द्रलाई पनि बोक्नुभयो । अहिले केपी ओली जस्तो निरंकुश प्रवृति भएको मान्छेलाई पनि बोकेर यो देशमा अशान्ति ल्याउन खोज्नु भएको हो ?’

जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले हिटलर प्रवृतिका ओलीलाई छिमेकीले समर्थन गर्न नमिल्ने बताए । आफूहरु सबै छिमेकीसँग असल सम्बन्ध राख्ने पक्षमा रहेको भन्दै उनले भने, ‘छिमेकमा आगो लाग्दा तपाईँको घरमा पनि नसल्किएला भन्न सकिन्न ।’

प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयमा हस्तक्षेप गरेको र सार्वजनिक रुपमा धम्कीपूर्ण भाषा प्रयोग गरेको थालेको भन्दै उनले अदालतबाट संसद पुनर्स्थापना हुन्छ भनेर आश गर्न सकिने, तर भर गर्न नहुने उनले बताए । भट्टराईले भने, ‘यसका लागि जनताको खबरदारी आवश्यक पर्छ ।’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठग ब्वासोको संज्ञा दिंदै डा. भट्टराईले संघियाताको मुटु कलेजो निकालेको आरोप लगाए । ‘ठगहरूले बाघले जस्तो अघिबाट कहिल्यैं पनि आक्रमण गदैनन् । ब्वासोको जस्तो पछाडिबाट सुम्सुम्याउँदै मुटु कलेजो निकल्छन्,’ उनले भने, ‘ओलीपनि एउटा ठग ब्वासो हुन् त्यसैले संघियाताको मुटु कलेजो निकाले ।’

उनले संघीयता मासेर आफू तानाशाह बन्‍न ओलीले मध्यावधि निर्वाचन घोषणा गरेको भन्दै ओलीलाई प्रदेश सभा भंग गर्ने धम्की नदिन आग्रह गरे । ‘तत्कालिन राजा ज्ञानेन्द्रले २०६१ सालमा घोषणा गरेको चुनाव र ओलीले घोषणा गरेको चुनाव एउटै हो,’ उनले भने ‘खोरभित्र मासुको टुक्रा राखेर बाघलाई थुने जस्तै ओलीले संघीयता मासेर आफू तानाशाह बन्नका लागि चुनाव घोषणा गरेका हुन् ।’

डा. भट्टराईले ओलीले स्वातन्त्र न्यायालयलाई पनि धम्क्याउन थालेको बताए । त्यसैले चार पूर्वन्यायाधीशहरू बोल्न बाध्य भएको उनको भनाइ छ । उनले अदालतले प्रतिनिधि सभा ब्यूउताउन पर्ने नत्र सभामुखले सदन बोलाउनु पर्ने तर्क राखे ।

आफूहरू अहिलेपनि प्रतिनिधि सभाको सदस्य नै रहेको जिकीर गर्दै डा. भट्टराईले सभामुखले सदन बोलाएर प्रधानमन्त्री ओली र राष्ट्रपतिलाई बरखास्त गर्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया