Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बेलायतमा बकिंघम दरबारका अनुसार रानी एलिजाबेथ तथा प्रिन्स फिलिपले कोरोनाभाइरसको भ्याक्सिन लगाएका छन् ।

बिबिसीमा आएको समाचारअनुसार रानी एलिजाबेथले आफूले भ्याक्सिन लगाएको कुरा सबैलाई जानकारी दिन अनुरोध गरेकी थिइन् । उनले विभिन्न अड्कलबाजी नहोस् भनेर यो विषयमा जानकारी दिन सचिवालयलाई बताएकी हुन् ।

उनी ९४ वर्षकी भएकी छिन् । त्यस्तै, प्रिन्स फिलिप ९९ वर्षका भएका छन् ।

बेलायतमा १५ लाख मानिसहरुले अहिलेसम्म कोरोना भ्याक्सिनको पहिलो डोज लगाइसकेका छन् ।

पछिल्लो २४ घन्टामा बेलायतमा कोरोनाभाइरस संक्रमित थपिएपछि ३० लाखभन्दा धेरै संक्रमित पुगेका छन् । त्यस्तै बेलायतमा ८० हजारले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया