Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

टोकियो – स्पेनिस क्लब गेटाफेले ला लिगा च्याम्पियन रियल मड्रिडका युवा खेलाडी ताकेफुसा कुबोलाई लोनमा अनुबन्ध गरेको छ ।

जापानी युवा स्टारलाई गेटाफेले रियलबाट यस सिजनको अन्तिमसम्मका लागि लोनमा अनुबन्ध गरेको छ ।

रियलले शुक्रबार कुबो गेटाफेमा अनुबन्धित भएको जनाएको छ ।

यस सिजन कुबोले भिल्ला रियलबाट लोनमा खेलिरहेका थिए । तर, एक सिजनका लागि भिल्लामा अनुबन्धित कुबोलाई रियलले बिचमै गेटाफे पठाएको हो ।

कुबोले यस सिजन भिल्लाबाट १३ लिग खेल खेलका छन् ।
जापानिज मेस्सीको नाममा परिचित १९ वर्षीय कुबोले गत सिजन मालोर्काबाट खेलेका थिए ।

तर, पहिलो सिजन नै मालोर्का रेलिगेसनमा परेको थियो ।
स्पेनिस क्लब बार्सिलोनाको एकेडमीमा हुर्किएका कुबो जापानको शीर्ष डिभिजन क्लब टोकियो एफसीबाट गत सिजन रियल आएका थिए ।

जापानको राष्ट्रिय टोलीमा हालै डेब्यु गरेका कुबो कोपा अमेरिका खेल्ने जापानिज टोलीमा रहेका थिए ।

अट्याकिङ मिडफिल्डर कुबोले जुन ९ मा भएको एल साल्भाडोरविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया