Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – अरु देशबाट जापान आउने जापानी नागरिक र विदेशी बासिन्दाले कोरोना भाइरसको नेगेटिभ रिपोर्ट लिएरमात्रै प्रवेश पाउने भएका छन् ।

सरकारले सबै आगन्तुकलाई जापान प्रस्थान गर्नु ७२ घण्टाअघि कोरोनाभाइरस परीक्षण नेगेटिभ भएको रिपोर्ट पेश गर्न अनुरोध गर्ने भएको छ । यसका साथै जापानको एयरपोर्टमा आइपुगे पछि पनि कोरोनाभाइरस परीक्षण गर्न भनिने छ ।

कोरोना भाइरस तीब्रगतिमा फैलन थालेपछि सरकारले टोकियो महानगर र छिमेकी तीन प्रान्तमा कडाई गर्दै शुक्रबार देखि फेब्रुअरी ७ सम्मको लागि आपतकाल घोषणा गरेको छ । आपतकालसँगै सरकारले यहाँ प्रवेशका लागि थप कडाई गर्ने भएको हो ।

नयाँ नियम आउँदो बुधबारदेखि लागू हुनेछ ।

जापान प्रस्थान गर्नु ७२ घण्टाअघि भाइरस परीक्षण नगरेका यात्रुको हकमा तीन दिन तोकिएको ठाउँमा सेल्फ क्वारेन्टाइनमा रहन अनिवार्य गरिने र तेस्रो दिनमा भाइरस परीक्षण गरिनेछ । परीक्षणमा यात्रुमा भाइरस संक्रमण नभएको पुष्टि भएता पनि अधिकारीहरूले यात्रुलाई कन्ट्याक-ट्रेसिंग एप डाउनलोड गरि उनीहरूको स्थान जानकारीको रेकर्ड राख्न सहयोग गर्न निर्देशन दिने भएका छन् र प्रवेशकर्ताहरुलाई घर वा अरु कतै ११ दिन क्वारेन्टाइनमा रहन आग्रह गरिनेछ ।

हाल, केहि प्रवेशकर्ताहरुले सेल्फ क्वारेन्टाइनको नियम अनुपालन गरिरहेको छैनन् जसमा सम्बन्धित कानूनको अभाव देखिन्छ ।

जापानी संचार माध्यम एनएचके अनुसार जापान सरकाले क्वारेन्टाइन सम्बन्धि कानूनमा संशोधन गर्ने विचार गरिरहेको छ ।

सम्भावित संशोधनमा अधिकारीले जापानमा आएका आगन्तुकलाई तोकिएको ठाउँमा क्वारेन्टाइन बस्न अस्वीकार गर्नेलाई घर वा अरु कतै १४ दिन सेल्फ क्वारेन्टाइन रहन अनिवार्य गर्न सक्ने र आइसोलेसन बस्न नमान्ने आगन्तुकलाई कारावास र जरिवाना जस्ता आपराधिक सजाय तोक्न सक्ने कानुनी अधिकार प्रदान गर्न सक्नेछ ।

जापानले डिसेम्बर २८ देखि भाइरस नियन्त्रणका लागि १५९ देश र क्षेत्रका गैर आवासीय विदेशी नागरिकको जापान प्रवेशलाई अस्थायी रूपमा स्थगित गरेको छ । यद्यपि थाईल्याण्ड, भियतनाम ,दक्षिण कोरिया र ताइवानलगायत ११ देशका व्यापारी र विद्यार्थीको लागि यात्रा प्रतिबन्ध कम गर्न जापानको विशेष योजना भएकोले यी देशका नागरिकलाई जापान प्रवेश गर्न दिइनेछ ।

तपाईको प्रतिक्रिया