Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं –  अमेरिकी औषधि कम्पनि मोडर्नाको कोरोना खोपलाई बेलायतले स्विकृती दिएको छ ।

यसका साथै बेलायतले यो खोपको एक करोड डोजको अर्डर समेत दिइसकेको छ ।

यसअघि फाइजर तथा अक्सफोर्डको खोपको प्रयोग प्रारम्भ भैसकेको छ ।

बेलायतको ब्रिटेन मेडिकल रेगुलेटरले हिजो शुक्रवार यो कुराको जानकारी दिएको हो ।

मोडर्नाको खोपको एफिकेसी रेट ९४ दशमलव १ प्रतिशत आएको थियो ।

खोप लिएपछि बिरामीहरुलाई ज्वरो, टाउको दुखाइ तथा थकान जस्ता समस्या देखिएका थिए, तर यसलाई धेरै हानिकारक मानिएको छैन ।

बेलायतमा अहिलेसम्म १२ लाख ९६ हजार ४ सय ३२ जना मानिसहरुले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

ती मध्ये २१ हजार ३ सय १३ मानिसहरु त्यस्ता छन्, जसले खोपको दुबै डोज लगाइसकेका छन् ।

तपाईको प्रतिक्रिया