Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – स्पेनिस क्लब रियल मड्रिडका खेलाडी इडन हाजार्डले फुटबल जगतमा मनपर्ने तीन खेलाडीबाट भिन्न तीन कुरा रोजेका छन्। उनले बार्सिलोनाका कप्तान लियोनल मेस्सीको देब्रे खुट्टा, युभेन्टसका क्रिष्टियानो रोनाल्डोको जितमा बढ्ने इच्छा र रियल मड्रिड प्ररीक्षक जिनेदिने जिदानको विशिष्ट क्षमता रोजेका हुन्।

बिहीबार ३० वर्ष लागेका हाजार्डलाई जन्मदिनको उपहारमा विशेष तीन कुरा के पाउने इ्च्छा छ भनि गरिएको प्रश्नमा यस्तो बताएका हुन्। ‘मेस्सीको देब्रे खुट्टा, रोनाल्डोमा देखिने जितको इच्छा र उपाधिको भोक, जिदानको विशिष्ट क्षमता’ हाजार्डले भनेका छन्।

यो सिजन रियल मड्रिडमा ८ खेल मात्र खेल्न पाएका हाजार्डले ला लिगामा एक र च्याम्पियन्स लिगमा एक गोल गरेका छन्। रियल मड्रिड आएदेखि नै चोटले सताइएका उनी मैदानमा राम्ररी प्रस्तुत हुन पाएका छैनन्।

यो सिजन ला लिगामा दोस्रो स्थानमा रहेको रियल मड्रिडको १७ खेलमा ३६ अंक छ। शीर्षमा रहेको एथ्लेटिको मड्रिडको १५ खेलमा ३८ अंक छ। तेस्रोमा रहेको बार्सिलोनाको १७ खेलमा ३१ अंक रहेको छ।
तपाईको प्रतिक्रिया